पोखरा महानगरले खाेल्याे २१ घाटको टेण्डर, न्यूनतम २२ करोड उठाउने लक्ष्य

पाेखरा | साउन ८, २०८०

पोखरा महानगरले खाेल्याे २१ घाटको टेण्डर, न्यूनतम २२ करोड उठाउने लक्ष्य

पोखरा:   पोखरा महानगरपालिकाले नदीजन्य समाग्री (गिट्टी, बालुवा, दहत्तर –बहत्तर) विक्री वितरणका लागि बोलपत्र आह्वान  गरेको छ ।

 

सेती नदीको महानरपालिका भित्र पर्ने विभिन्न घाटको नदीजन्य समाग्री उत्खननका लागि आज (सोमबार) बोलपत्र आह्वान गरेको हो ।

 

महानगरका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले न्यूनतम २२ करोड ६१ लाख २६ हजार ३ सय २० रुपैयाँ उठाउने लक्ष्यसहित टेण्डर खुला गरिएको बताए । ‘२१ वटा घाटको टेण्डर खुला भएको छ, भारतीले भने, न्यूनतम २२ लाख उठाउने महानरले लक्ष्य राखेको छ ।’

 

उनका अनुसार आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर व्यवसायी टेण्डरमा सहभागि हुन पाउनेछन् । 

 

उनले २१ वटा घाटमध्ये सबैभन्दा कम रकम १२ लाख ३० हजार पुरुन्चौर नयाँ घाटको रहेको बताए । प्रशासकीय अधिकृतका भारतीका अनुसार सर्वाधिक रकम रामघाटको रहेको छ । जसको ६ करोड ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

 

टेण्डर खुला भएको अन्य घाटहरुमा दशखेत, तुलसीतारा, रुद्रमहादेव, ढाव घाट, गोस्ते लामाचौर तल्लो गोस्ते बायाँ गजरेघाट (रु.२ करोड २३ लाख ६७ हजार ९ सय ६०), याम्दी, लालटिन बजार, पुरुन्चौर ढोडेनी, नारायणस्थान, पशुपति घाट बायाँ, पशुपति घुमाउरोघाट (रु.१ करोड २० लाख ६८ हजार ८ सय) रहेका छन् ।

 

यस्तै  द्वारा कस्यार गाउँखर्क ओखलढुंगाभेडिफारम (रु.२ करोड ९ लाख ५५ हजार १ सय), रातोपहिरो खोली बायाँ (रु.१ करोड, ८५ लाख ३ हजार ३ सय), तल्लो खेत बीच भाग, सिसौघारी, लामगादी (रु.१ करोड ३१ लाख २० हजार), सुइखेत खोला, काहुँखोला र विजयपुर खोलाको बोलपत्र आह्वान गरिएको छ ।

 

सूचना:-

 


 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्